शुक्रबार, असोज ३१, २०८२

कर्मचारीलाई गुगलका सीईओको इमेलः कम्पनीको सूचना लिक भइरहेको छ

 |  सोमबार, मंसिर २, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर २, २०७६
Kumaribank
Metro Mart

यो वर्ष (सन् २०१९) गुगल कर्मचारीका लागि त्यति सन्तोषजनक वर्षको रुपमा रहेन । गुगल कम्पनीमा एउटा परम्परा छ– टीजीआईएफ (थ्यांक्स गड इट्स फ्राइडे) को । यो जमघटमा कर्मचारीहरुले आफ्ना अनुभव सेयर गर्ने तथा माथिल्लो तहका कर्मचारीसामु गुनासाहरु राख्ने अवसर पाउँछन् ।
यसैबीच,गुगलका सीईओ सुन्दर पचाइले कर्मचारीलाई इमेल लेख्दै टीजीआईएफ अब महिनाको एकदिन मात्र हुने जानकारी गराएका छन् । गुगलका धेरै सूचना लिक हुन थालेपछि पचाइले यस्तो घोषणा गरेका हुन् । गुगलका सीईओले कर्मचारीलाई इमेलमा भनेका कुराहरु ग्याजेट्सनाउ डटकमले सार्वजनिक गरेको छ । जुन यस्ता छन्–

१) गुगल कर्मचारीको सामूहिक भेटघाट कार्यक्रम अब महिनामा एक दिनमात्र हुनेछ ।
२) सामूहिक भेटघाटमा दिइएका सूचनाहरु लिक भइरहेका छन् ।
३) सामूहिक भेटघाटमा उपस्थित हुनु दर्शकको संख्या पनि घटाइएको छ ।
४) गुगलले सोसल टीजीआईएफ सुरु गर्दैछ ।
५) कम्पनीका बारेमा जानकारी गराउन गुगलले नियमित रुपमा भिडियोहरु सेयर गर्नेछ ।
६) भेटघाटका लागि कर्मचारीलाई सीमित समयमात्र दिइनेछ ।

टाइम्स अफ इन्डिया

प्रकाशित: Nov 18, 2019| 04:22 सोमबार, मंसिर २, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...