शुक्रबार, माघ २, २०८२
  • गृहपृष्ठ
  • प्रविधि
  • जापानी वैज्ञानिक जसले रोबोटमा मानिसका जस्तै इच्छा र मोह भर्दैछन् 

जापानी वैज्ञानिक जसले रोबोटमा मानिसका जस्तै इच्छा र मोह भर्दैछन् 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
सन् ८० को दशकको हलिउड फिल्म ‘ब्लेड रनर’ मा त्यो समयभन्दा ४० वर्ष अगाडि २०१९ को कथा देखाइएको थियो । उक्त फिल्ममा कल्पना गरिएजस्तो कृत्रिम मानवको निर्माण अझै सम्भव भइसकेको छैन । तर, जापानी वैज्ञानिक हिरोशी इशिगुरो यस्तो प्रविधिमा काम गरिरहेका छन् जसले मानिस र मशिनबीचको अन्तर निकै कम गर्न सक्नेछ । 

जापानको एक अनुसन्धानशालामा रोबोट वैज्ञानिक हिरोशी मानिसजस्तै मसिन बनाउने प्रविधिमा काम गरिरहेका छन् । 

इशिगुरो र उनको टोलीका अनुसार भविष्यको रोबोट निकै बुद्धिमान, सजग र सहयोगी हुनेछ । उसले मानिसले जस्तै व्यवहार गर्नेछ र साथी बन्न सक्नेछ । 

ओसाका विश्वविद्यालयका प्राध्यापक इशिगुरोले भनेका छन्, “मलाई थाहा छैन, ‘ब्लेड रनर’ कहिले साकार होला तर, हामीले प्रत्येक वर्ष प्रविधिमा ठूलो फड्को मारिरहेका छौं ।  रोबोटमा ‘डीप लर्निंग’ को क्षमता विकास गर्न सकेका छौं । अब इच्छा र मोहमा काम गरिरहेका छौं । यो साकार भयो भने रोबोट अझ बढी मान्छे जस्तो हुनेछ ।”

जापानमा अहिले पनि खाना बनाउनेदेखि विरामीको हेरचाहका काममा रोबोटको प्रयोग भइरहेको छ । जापानमा विरामीलाई रोबोटले ह्विलचेयरमा राखेर घुमाउने त सामान्य भइसकेको छ । वैज्ञानिकहरुका अनुसार सर्भिस रोबोटले कुनै दिन फोहोर सफा गर्नेदेखि स्वादिस्ट खाना बनाउने जस्ता घरका सबै काममा सहयोग गर्नेछन्  र यो सुलभ हुनेछ । 

इशिगुरोले यसअघि आफूजस्तै कपि रोबोट बनाइसकेका छन् । उक्त रोबोर्टलाई उनलाई एकपटक आफू उपस्थित हुनुपर्ने बैठकमा पठाएर सबैलाई आश्चर्यमा पारेका थिए । 

रोबोटिक्स र आर्टिफिशियल इन्टिलिजेन्सको क्षेत्रमा हालै भएको खोजले मानिस र मशिनबीचको समानता बढ्ने उनी बताउँछन् । भन्छन्, “एक वैज्ञानिकका रुपमा मलाई विश्वास छ, एक दिन यस्तो रोबोट बन्नेछ जसको आत्म चेतना ‘ब्लेड रनर’ जस्तै हुनेछ ।”
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...