शुक्रबार, माघ २, २०८२

प्रविधिको उपज : हेर्नुस् यी ५ अनौठा छाता 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मनसुन सुरू भएसँगै छाता, रेनकोटको आवश्यकता पर्ने गर्छ। सामान्य रूपमा छाता कै बढी प्रयोग भएको पाइन्छ। यसबाहेक विज्ञान र प्रविधिले केही विलासी तथा थप फिचरका साथ ल्याएका यी ५ केही छाताहरू आज हामीले प्रस्तुत गरेका छौँ 

१) क्यान्डी सेल्फी रोड ब्लुटुथ अम्ब्रेला

यो छाताको प्रयोग ब्लुटुथ जोडेर गर्ने गरिन्छ। छाताको डन्डीलाई सेल्फी स्टिकको रूपमा प्रयोग गर्ने सकिन्छ। मोबाइल राख्नको लागि सेल्फी स्टिकमा भएको जस्तै किल्प हुने गर्छ। जसमा मोबाइल राख्न र फोटो खिच्न सकिन्छ। छाताको भित्री भाग ‘थ्री डि’ फ्लोराल डिजाइन रहेको छ। जसको कारण छाता ओढेको भन्दा पनि ठूलो फुलभित्र फसेको जस्तो महशुस हुन्छ। 

२) सेभेन टेक ब्लुटुथ स्पीकर अम्ब्रेला

यो छाताको डन्डीमा ब्लुटुथ कनेक्टिभिटीवाला स्पीकर जडित छ। जसका कारण, फोनमा ब्लुटुथ जोडेर गीत सुन्दै वर्षामा हिड्न सकिन्छ। गीतको ‘भोलुम’ बढाउन वा घटाउनको लागि ‘कन्ट्रोल बटन’ समेत रहेको छ। गीत पनि छाताको डन्डीबाटै परिवर्तन गर्न सकिन्छ। यसका साथै, मेमोरिक कार्डको लागि पनि स्थान रहेको छ। छाताभित्र ‘रिर्चाजेबल ब्यान्ट्री’ पनि जडित छ।

३) अमेजोन ब्राण्ड अम्ब्रेला

अमेजोन ब्राण्डको यस छाता खोल्ने बन्द गर्न विशेष बटन बनाइएको छ। यो छाता बन्द गर्दा करिब ११ इन्चको हुन्छ। बन्द भएसँगै यसको साइज सानो बन्छ। यो शतप्रतिशत स्टीलको ह्यान्डल र पानी छेक्ने कपडा भने पोलिस्टरको बनेको छ। 

४) फिसिङ्ग क्याव अम्ब्रेला

यो छाता हाम्रो टाउकोमा अढ्याउनु पर्ने हुँदा यस छाताको ह्यान्डल हुँदैन। यस प्रकारको छाता प्राय घामबाट बच्नको लागि गरिन्छ। छाताको डिजाइन सानो भएको कारण यसले वर्षाबाट पूर्ण रूपमा बचाउन सक्दैन। यो प्राय माछा मार्ने क्रममा सहज हुने कारण पनि फिसिङ्ग क्याप अम्ब्रैला नाम दिइएको हो। 

 ५) न्युब्रेला ह्यान्ड फ्री अम्ब्रेला

न्युब्रेला ब्रान्डको यस छाता निकै स्टाइलिस रहेको छ। यस छातालाई ब्याग बोके जसरी बोक्नु पर्छ। त्यस पश्चात छातालाई खोलेर टाउको माथि लगाउनु पर्छ। यस छातालाई बेल्टको सहयोगले सजिलो र बलियो तरिकाले अड्याउन सकिन्छ। यसबाट छाता उड्ने डर हुदैन। यसलाई ‘बाइक’,‘स्कुटी’ चलाउँदा समेत प्रयोग गर्ने सकिन्छ। छाताको डिजाइन बढी टाउकोको लागि भएको कारण शरीर भने पानीबाट पूर्ण रूपमा पानीबाट बच्न सक्दैन।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...