शुक्रबार, माघ २, २०८२

इन्टनेटको मूल्य समायोजन गरिने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं– सरकारले इन्टरनेटको मूल्य समायोजन गर्ने निर्णय गरेको छ। विहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्रायले मन्त्रीपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा प्रबक्ता मन्त्री गोकुलप्रसाद बास्कोटाले लामो समयदेखि विवादमा रहेको इन्टरनेटको शुल्क समायोजन गरेको जानकारी दिए। 

उनले सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर लगायतका उपकरण, इन्टरनेट लिज लाइन डाटा कनेक्टीभिटी र मर्मत सम्भार शुल्कमा दुरसन्चार सेवा दस्तुर छुट दिई इन्टरनेट सेवाको मूल्य समायोजन गर्ने निर्णय गरिएको बताए। योसँगै इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई केही राहत मिलेको छ। 

गत आर्थिक वर्ष साउन १ देखि इन्टरनेट सेवामा १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क लिने व्यवस्था सरकारले आर्थिक ऐनमार्फत गरेको थियो।  सो शुल्क अहिलेसम्म पनि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले तिरिरहेको सुविसु इन्टरनेट कम्पनीका प्रमुख सुधिर पराजुलीले जानकारी दिए। 

यसिअघि इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले आफूले तिरिरहेको १३ प्रतिशत दुरसञ्चार सेवा शुल्क नघटाए साउनदेखि आन्दोलन गर्ने चेतानी दिएका थिए। यस व्यवस्थापछि अब इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले जम्मा ४ प्रतिशत रुपैयाँ दुरसञ्चार सेवा शुल्क तिरे पुग्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

दुई वर्षदेखि अवरुद्ध प्रधानमन्त्री कार्यालयको आधिकारिक फेसबुक पेज पुनः सञ्चालनमा

प्रधानमन्त्रीको स्वकीय सचिवालयको ‘आइटी टिम’को पहलमा दुई वर्षदेखि अवरुद्ध फेसबुक पेज पुनःसञ्चालनमा आएको हो ।

ट्विटरको लोगोमा चराको सट्टा कुकुर

ट्विटरको मोबाइल एप र ब्लगदेखि अन्य आधिकारिक साइटहरूमा भने ट्विटरकै लोगो देखिन्छ।

ट्विटरको लोगो फेरियो

सामाजिक प्लेटफर्म ट्विटरमा लोगो परिवर्तन गरिएको छ।

ट्वीटरको मूल्य २० अर्ब डलर: एलन मस्क

यो मूल्य मस्कले पाँच महिना अघिमात्र सोसल मिडिया प्लेटफर्मका लागि तिरेको ४४ अर्ब डलरभन्दा आधा भन्दा पनि कम हो।

सम्भव छ भूकम्पको सही पूर्वानुमान?

जियोलोजिकल सर्भे अफ अमेरिकाका अनुसार कुनै पनि प्रभावकारी भूकम्पको पूर्वानुमानका लागि तीनवटा कुरा हुनुपर्छ। पहिलो भूकम्प जाने ठाउँ, दोस्रो कहिले आउँदैछ र तेस्रो कति ठूलो...