अस्ट्रियाको राजधनी विएनामा ड्राइवर लेस ड्रोन ट्याक्सी ईहांग–२१६ सार्वजनिक गरिएको छ। यो एक चाइनिज कम्पनीले निर्माण गरेको हो। यसको तौल तीन सय चालीस किलो छ भने यसमा दुई जना व्यक्ति मात्र बस्न सक्छन्।
यसमा एक घण्टामा ३५ किलोमिटसम्म चल्न सक्ने क्षमता छ। यसको अधिकतम गति एक सय ३० किलोमिटर प्रति घण्टा रहेको छ।
कम्पनीका अनुसार यसलाई औधोगिक उपकरण र स्वास्थ्य सेवामा लाभ तथा मद्दत पुर्याउने उद्देश्यले बनाइएको हो। ट्याक्सी सुरु गर्नु लगत्तै निजी कम्पनीको मात्र एक हजार भन्दा वढी अर्डर आइसकेको छ।
कम्पनीले भने २०२१ अगाडी नै तीन सय ड्रोन ट्याक्सी डेलिभर गर्ने लक्ष्य बनाएको छ। कम्पनीले ड्रोन ट्याक्सीको मुल्य १.५५ करोडे तोकेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४