आइतबार, मंसिर १३, २०८३

दशौँ राष्ट्रिय खेलकुदमा कर्णालीले खोल्यो पदकको खाता

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

सुर्खेत। दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा आयोजक कर्णाली प्रदेशले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ। 

Machhapuchchhre

आइतबार सम्पन्न महिला बास्केटबलको थ्री बाइ थ्री (३×३) विधामा रजत पदक जितेसँगै कर्णालीले प्रतियोगितामा पहिलो सफलता हात पारेको हो।

आइतबार भएको फाइनल खेलमा कर्णाली प्रदेशले नौ अंक प्राप्त गर्दै रजत पदक जितेको हो। १३ अंकसहित नेपाल आर्मीले स्वर्ण पदक हात पार्दा एपीएफ क्लबले कास्य पदक जितेको छ।

प्रतियोगितामा शनिबारसम्म कुनै पनि पदक जित्न नसकेको कर्णालीले आइतबार महिला बास्केटबलमार्फत पहिलो पदक प्राप्त गरेको हो। आफ्नै भूमिमा आयोजना भइरहेको राष्ट्रिय खेलकुदमा पदकविहीन बनेको कर्णालीका लागि यो सफलता महत्वपूर्ण बनेको छ।

यसैगरी महिला बास्केटबलको फुल कोर्ट (५×५) विधातर्फ सशस्त्र प्रहरी बलको एपीएफ क्लबले स्वर्ण पदक जितेको छ। फाइनलमा एपीएफले ५७ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्दा त्रिभुवन आर्मी क्लबले २९ अंकसहित रजत पदक जितेको छ। नेपाल प्रहरीले कास्य पदकमा चित्त बुझाएको बास्केटबलका वरिष्ठ रेफ्री राजेश महर्जनले बताए।

आयोजक कर्णालीले पहिलो पदक जितेसँगै प्रतियोगितामा थप पदकको आशा पलाएको छ।

प्रकाशित: Nov 29, 2026| 17:52 आइतबार, मंसिर १३, २०८३