आइतबार, मंसिर १३, २०८३

टेनिस : प्रदिप र करणको जोडी पहिलो

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

काठमाडौं। दशौं राष्ट्रिय खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्समा गण्डकीका प्रदिप खड्का र करनबहादुर थापाको जोडीले आइतबार स्वर्ण जितेका छन्।

Machhapuchchhre

बर्दियाको गुलेरियामा भएको फाइनलमा प्रदिप र करनको जोडीले नेपाल आर्मीका प्रणव खनाल र राजवीर प्रधानको जोडीलाई ६–७, ६–४ र १२–१० ले पराजित गरे। बागमतीका निसान श्रेष्ठ र प्रितम परियार तथा पुलिसका निहालजंगबहादुर थापा र दर्शिल श्रेष्ठको जोडी तेश्रो भए।

मिक्स डबल्समा आमीका राजवीर प्रधान र शिभाली गुरुङको जोडी च्याम्पियन बने। राजवीर र शिभालीको जोडीले आर्मीका प्रणव खनाल र स्वस्तिका विष्टको जोडीलाई ६–२, ५–७ र १०–८ को सेटमा हराए। बागमतीका प्रकृति श्रेष्ठ र निसान श्रेष्ठ तथा गण्डकीका शक्ति शर्मा र आहाना शेरचनको जोडी तेश्रो बने।

पाँच स्पर्धा समावेश टेनिसमा योसहित ३ स्वर्णको टुंगो लागेको छ। शनिबार महिला डबल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले स्वर्ण जितेका थिए। टेनिसको अन्तिम दिन २ फाइनल हुनेछ। 

महिला सिंगल्समा आर्मीका शिभाली गुरुङ र स्वस्तिका विष्ट तथा पुरुष सिंगल्समा गण्डकीका प्रदिप खड्का र करनबहादुर थापा फाइनलमा भिड्ने छन्।

प्रतियोगितामा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम तथा आर्मी, पुलिस, एपीएफ र एनआरएनका ३८ पुरुष र १३ महिला गरी ५१ खेलाडी सहभागी छन्।

प्रकाशित: Nov 29, 2026| 17:06 आइतबार, मंसिर १३, २०८३