आइतबार, मंसिर १३, २०८३

झापामा लागूऔषधसहित चार जना पक्राउ

 |  आइतबार, मंसिर १३, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, मंसिर १३, २०८३

Machhapuchchhre

झापा- झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।

मेचीनगर–६ काँकडभिट्टास्थित एक होटलबाट तीन जना र बिर्तामोड–५ जिराइत टोलबाट शनिबार साँझ एक महिला पक्राउ परेकी हुन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले काँकडभिट्टाको होटलमा छापा मार्दा तीन ग्राम ७२० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। 
    
त्यस्तै, बिर्तामोडमा पक्राउ परेकी पार्वता राजवंशीको साथबाट १८ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर बरामद भएको थियो। उनको कोठाबाट डिजिटल तराजु, छुरी, कैँची र नगद रु १३ लाख ३९ हजार पनि बरामद भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक सुवास बुढाथोकीका अनुसार पक्राउ पर्नेमा मेचीनगर–२ का २३ वर्षीय सचिन राई, दमक–७ की ३० वर्षीया मिना राई, सोही ठाउँकी २६ वर्षीया प्रतिमा राई र मेचीनगर–१५ की ३६ वर्षीया पार्वता राजवंशी रहेका छन्। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 29, 2026| 13:02 आइतबार, मंसिर १३, २०८३