काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने १०३, सिसिटिभिमार्फत ३५, रातोबत्तीमा ३६ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्रगतिमा ११३, हर्न निषेधमा १६, लेन क्रस ३ जना, एकतर्फि ८, अवस्था ठिक नभएको २५ र अन्यमा ३३६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।