काठमाडौं । प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष राजेन्द्र विष्टको निधन भएको छ। पत्रकार विष्टको स्वास्थ्यमा समस्या भएपछि बुधबार उपचारका लागि अस्पताल भर्ना भएका थिए।
कलेजोको समस्याबाट पीडित उनको आज उपचारका क्रममा कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा ४२ वर्षको उमेरमा निधन भएको नेपाल पत्रकार महासंघ सुदूरपश्चिमका अध्यक्ष भरत शाहले जानकारी दिए।
तीन दशकदेखि पत्रकारितामा क्रियाशील उनी पछिल्लो समय राष्ट्रिय समाचार समिति (रासस)मा सम्पादकका रुपमा कार्यरत थिए।