बिहीबार, मंसिर १०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

आज देशभर मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

 |  बिहीबार, मंसिर १०, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १०, २०८३

काठमाडौं- हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

Machhapuchchhre

विभागका अनुसार हाल बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। देशका बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहनेछ।

त्यस्तै, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ। बिहानपख काठमाडौं उपत्यका तथा खोँचहरूका साथै तराई भूभागका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

प्रकाशित: Nov 26, 2026| 07:21 बिहीबार, मंसिर १०, २०८३