सोमबार, मंसिर ७, २०८३

काठमाडौं उपत्यकामा २४ घण्टामा ५६६ सवारीसाधनमाथि कारबाही

 |  सोमबार, मंसिर ७, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, मंसिर ७, २०८३

काठमाडौं- काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ५६६ सवारीसाधनमाथि कारबाही गरिएको छ।

Machhapuchchhre

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मंसिर ७ गते बिहान ६ बजेसम्मको २४ घण्टामा उक्त सङ्ख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो।

कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६७, सीसीटीभीमार्फत पहिचान भएका ३७, ट्राफिक बत्ती उल्लङ्घन गर्ने २९ र तीव्र गतिमा सवारी चलाउने १२२ जना परेका छन्।

त्यस्तै, हर्न बजाउने १०, सवारीको अवस्था ठीक नभएका १८ र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने चार सवारीसाधनमाथि कारबाही गरिएको छ।

अन्य ट्राफिक नियम उल्लङ्घनमा २७९ सवारीसाधनमाथि कारबाही गरिएको कार्यालयले जनाएको छ।

प्रकाशित: Nov 23, 2026| 07:31 सोमबार, मंसिर ७, २०८३