शुक्रबार, मंसिर ४, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • चिकित्सा शिक्षा प्रवेश परीक्षामा भ्याली भ्यु स्कुलका पूर्वविद्यार्थीहरूको राष्ट्रियस्तरको उत्कृष्ट सफलता

चिकित्सा शिक्षा प्रवेश परीक्षामा भ्याली भ्यु स्कुलका पूर्वविद्यार्थीहरूको राष्ट्रियस्तरको उत्कृष्ट सफलता

 |  शुक्रबार, मंसिर ४, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ४, २०८३

काठमाडौं। चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित चिकित्सा शिक्षा स्नातक तहको एकीकृत प्रवेश परीक्षा (सीईई) २०८३ मा भ्याली भ्यु स्कुल, मध्य-बानेश्वर, काठमाडौंका पूर्वविद्यार्थीहरूले उत्कृष्ट सफलता हासिल गर्दै राष्ट्रिय स्तरमै विद्यालयको शैक्षिक गौरवलाई थप उचाइ दिएका छन्।

Machhapuchchhre

भ्याली भ्यु स्कुलबाट वि.सं. २०८० को एसईई परीक्षामा विद्यालय प्रथम भएका परार्थ पराजुलीले सेन्ट जेभियर्स कलेज, काठमाडौंबाट कक्षा १२ उत्तीर्ण गरी सीईई २०८३ मा १८७.५ अङ्क प्राप्त गर्दै नेपाल प्रथम स्थान हासिल गरेका छन्।

त्यसैगरी, सोही ब्याचका पूर्वविद्यार्थी अंकित भट्ट, ग्लोबल स्कुल अफ साइन्सबाट कक्षा १२ उत्तीर्ण हुँदै उक्त प्रवेश परीक्षामा राष्ट्रिय स्तरमा २०औँ स्थान हासिल गर्न सफल भएका छन्।

यी उल्लेखनीय उपलब्धि विद्यार्थीहरूको प्रतिभा, अथक मेहनत, अनुशासन, आत्मविश्वास र लक्ष्यप्रतिको दृढ प्रतिबद्धताका उत्कृष्ट प्रतिफल हुन्। विद्यालयमा अर्जित ज्ञान, विकसित क्षमता र आत्मविश्वासले उच्च शिक्षाको प्रतिस्पर्धात्मक यात्रामा समेत उत्कृष्टता हासिल गर्नु विद्यालयका लागि गौरवपूर्ण उपलब्धि हो। यस सफलताले विद्यार्थीको प्रतिभा पहिचान, प्रोत्साहन र समग्र विकासमा विद्यालयले आत्मसात् गर्दै आएको शैक्षिक संस्कार र मूल्यहरूको सार्थकता पनि प्रतिबिम्बित गरेको विद्यालयका प्राचार्य सुभाषचन्द्र भण्डारीले बताए।

दुवै पूर्वविद्यार्थीको यस सफलताले भ्याली भ्यु स्कुल परिवारलाई हर्षित र गौरवान्वित बनाएको बताउँदै भण्डारीले विद्यालय परिवारका तर्फबाट दुवै विद्यार्थीलाई हार्दिक बधाई व्यक्त गरेका छन्। साथै, भण्डारीले आफ्ना विद्यार्थीहरूलाई चिकित्सा शिक्षाको आगामी यात्रामा समेत अझ यस्तै समर्पण, उच्च सफलता एवम् उज्ज्वल भविष्यका लागि शुभकामना दिएका छन्।

WhatsApp-Image-2026-11-19-at-4.02.36-PM-650x650-1795176950.jpeg
 

प्रकाशित: Nov 20, 2026| 18:01 शुक्रबार, मंसिर ४, २०८३