धादिङ- धादिङको उत्तरी क्षेत्रमा पर्ने रुबीभ्याली गाउँपालिका—४ बोराङस्थिय बतासे फेदीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु ब्गएको छ भने सात जना घाइते भएका छन्।
बतासे दोभानमा एकादसी मेलाको पुजा गरेर लापातर्फ फर्किने क्रममा दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको हो।
रुबीभ्याली गाउँपालिकाका अध्यक्ष रामसिं तामाङका अनुसार दुर्घटनामा सात जना घाइते भएका छन्। २ जनाको अवस्था गम्भीर छ।
घटनास्थल दुर्गम गाउँमा पर्ने र वरपर मोबाइल नेटवर्क समेत नचल्ने भएकाले उद्दारमा पनि कठिनाइ भएको छ। राती करिब २ बजे अगाडि नै दुर्घटना भएपनि घाइतेलाई स्वास्थ्य संस्थासम्म पु¥याउन समस्या परेकोले नेपाली सेनाको हेलिकप्टर मार्फत उद्दारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी दिए।