काठमाडौं- भक्तपुरको राधेराधेस्थित ट्रायल सेन्टरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि आँखा परीक्षण गराउन आउने सेवाग्राहीको भीड लागेको छ।
लाइसेन्सको ट्रायल प्रक्रियाअघि आवश्यक आँखा परीक्षण गराउन सेवाग्राहीहरू लाइनमा बसेका छन्। ट्रायल सेन्टरमा आँखा जाँच गराउन पुगेका सर्वसाधारणको भीड र लाइन देखिएको छ।