बुधबार, मंसिर २, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • एनपीएल : कामिलको शतकमा चितवनद्वारा काठमाडौंलाई २०५ रनको विशाल लक्ष्य

एनपीएल : कामिलको शतकमा चितवनद्वारा काठमाडौंलाई २०५ रनको विशाल लक्ष्य

 |  बुधबार, मंसिर २, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर २, २०८३

Machhapuchchhre

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करण नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौं गोर्खाजलाई २०५ रनको विशाल लक्ष्य दिएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २०४ रन बनायो। जसमा कामिल मिशाराले शतकीय पारी खेल्दै १२० रनमा अविजित रहे। यस्तै कप्तान रवी बोपराले ५३ रन जोडे। काठमाडौंका करण केसी र राशिद खानले २/२ विकेट लिए।

प्रकाशित: Nov 18, 2026| 19:03 बुधबार, मंसिर २, २०८३