मंगलबार, मंसिर १, २०८३

सिन्धुलीमा यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते

 |  मंगलबार, मंसिर १, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १, २०८३

काठमाडौं। सिन्धुलीको गोलन्जोर गाउँपालिका –०७ पलासेस्थित बीपी राजमार्गमा माइक्रोबस दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।

Machhapuchchhre

जनकपुरबाट काठमाडौं आउँदै गरेको म प्र ०४–००१ ज ०२४३ नम्बरको माइक्रोबस मंगलबार दिउँसो २ बजे आफैँ अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ। 

अधेरी खोलाको बगरमा खसेर दुर्घटना भएको माइक्रोबसमा सवार १४ जनामध्ये सबै घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि शुभजीवन अस्पताल खुर्कोट पठाइएको छ। घाइतेमध्ये ९ जनाको विवरण खुलिसकेको छ भने ५ जनाको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। 

घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खुर्कोट, सिन्धुलीबाट प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलको कमाण्डमा ट्राफिक प्रहरी सहितको टोली घटनास्थलमा उद्दार कार्यमा खटिएको थियो। अन्य पाँच जना घाइतेहरुको विवरण लिने कार्य तथा दुर्घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।

प्रकाशित: Nov 17, 2026| 16:38 मंगलबार, मंसिर १, २०८३