मंगलबार, मंसिर १, २०८३

करिब २० हजार कुखुरामा छाप लगाई मासु जाँच ऐन कार्यान्वयन सुरु

 |  मंगलबार, मंसिर १, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १, २०८३

काठमाडौं- पशु सेवा विभागले काठमाडौँ उपत्यकामा ‘पशु वधशाला र मासु जाँच ऐन, २०५५’ को औपचारिक कार्यान्वयन सुरु गरेको छ। विभागले दिएको जानकारी अनुसार ऐन लागु भएको पहिलो दिन आज करिब २० हजार कुखुरा, ७ वटा राँगा र २ वटा खसीको मासुको परीक्षण गरी छाप लगाउने कार्य प्रारम्भ गरिएको हो।

Machhapuchchhre

उपत्यकाका विभिन्न वधशालाहरू जस्तै काठमाडौँको बालाजुस्थित भ्याली कोल्डस्टोर, टोखाको सिन्धु चिकेन र थ्रिस्टार फुड प्रालि, मध्यपुर ठिमीको न्यु पञ्चकन्या सप्लायर्स तथा टेकुको राँगाको मासु पसलमा पशु चिकित्सकहरूको प्रत्यक्ष निगरानीमा पशु तथा मासुको ‘एन्टी–मार्टम’ (वध पूर्व) र ‘पोस्ट–मार्टम’ (वध पछि) जाँच गरी छाप लगाउने कार्य थालिएको छ।

स्वच्छ तथा स्वस्थ मासु मात्र उपभोक्तामाझ पुर्‍याउने उद्देश्यले सुरु गरिएको यस अभियानमा विभागले विभिन्न स्थानमा मासु निरीक्षक (पशु चिकित्सक) समेत खटाएको छ। विभागका अनुसार बालाजुमा डा. कमलेश्वर भाट, टोखामा डा. गौरीमान श्रेष्ठ र डा. जस्मिन अधिकारी, भक्तपुरमा डा. पुजन सिंह कुँवर र टेकुमा डा. उदय लाल खत्रीले मासु निरीक्षकको जिम्मेवारी सम्हालेका छन्।

जाँचका क्रममा मरेका पन्छी तथा अस्वस्थ मासुलाई तत्कालै हटाएर स्वस्थ मासुमा मात्र छाप लगाउने गरिएको छ। साथै, मासुमा छाप लगाउन प्रयोग गरिने मसी पूर्ण रूपमा ’फुड ग्रेड’ (खान योग्य) भएकाले यसबाट मानव स्वास्थ्यमा कुनै पनि किसिमको नकारात्मक असर नपर्ने पशु सेवा विभागले स्पष्ट पारेको छ।

प्रकाशित: Nov 17, 2026| 11:52 मंगलबार, मंसिर १, २०८३