मंगलबार, मंसिर १, २०८३

एनपीएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

 |  मंगलबार, मंसिर १, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर १, २०८३

काठमाडौं- राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्।

Machhapuchchhre

यो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ। लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन्।

सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो। सुदूरपश्चिम यसअघिका दुई वटै संस्करणमा उपविजेता बनेको थियो। लुम्बिनी गत संस्करणको विजेता हने।

आजको खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ।

पराजित हुने टोलीले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ। 

इलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोज खेल्नेछन्। इलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ।

फाइनल खेल मंसिर ५ गते हुनेछ।

प्रकाशित: Nov 17, 2026| 06:17 मंगलबार, मंसिर १, २०८३