सोमबार, कात्तिक ३०, २०८३

मुगु जिप दुर्घटना : मृत्यु हुनेको संख्या चार पुग्यो

 |  सोमबार, कात्तिक ३०, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३०, २०८३

मुगु। मुगुको छायानाथ रारा नगरपालिका ७ टोप्लास्थित ताल्चा–रारा सडक खण्डमा भएको जिप दुर्घटनामा घाइते भएकी अञ्जु थापाको उपचारका क्रममा निधन भएको छ। उनको निधनसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ।

Machhapuchchhre

दुर्घटनामा गम्भीर घाइते भएकी थापालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत हुँदै थप उपचारका लागि काठमाडौं लगिएको थियो। काठमाडौंस्थित बी एन्ड बी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको मुगुका प्रहरी नायब उपरीक्षक रविराज थपलियाले जानकारी दिए। 

यसअघि दुर्घटनास्थलमै तीन जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए। घाइतेमध्ये अञ्जु थापाको उपचारका क्रममा निधन भएपछि दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको हो।

सुर्खेतबाट शनिबार साँझ रारातर्फ जाँदै गरेको बा १७ च १८६४ नम्बरको हाइलक्स जिप छायानाथ रारा नगरपालिका–७ टोप्लामा दुर्घटनामा परेको थियो। दुर्घटनाको थप विवरणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Nov 16, 2026| 17:57 सोमबार, कात्तिक ३०, २०८३