सोमबार, कात्तिक ३०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • आज यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

आज यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

 |  सोमबार, कात्तिक ३०, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक ३०, २०८३

काठमाडौं- हाल नेपालमा पश्चिमी न्युनचापीय प्रणालीको प्रभाव रहेको छ।

Machhapuchchhre

हाल कोशी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कर्णाली प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ। तराई भूभाग, उपत्यका तथा खोँचहरूका धेरै स्थानमा हुस्सुरकुहिरो लागेको छ। बाँकी भूभागमा मौसम मुख्यतयता सफा रहेको छ।

दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा बागमती र गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

राति कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ। कोशी प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी प्रदेशको हिमाली भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

प्रकाशित: Nov 16, 2026| 07:04 सोमबार, कात्तिक ३०, २०८३