आइतबार, कात्तिक २९, २०८३

एनपीएल : कर्णालीद्वारा चितवन पराजित

 |  आइतबार, कात्तिक २९, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २९, २०८३

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आइतबारको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई हराएको छ।

Machhapuchchhre

१५४ रनको लक्ष्य पछ्याएको चितवनले १२९ रन मात्रै बनाउन सक्यो। जसमा कमिल मिसराले २५, उसमा मिरले २८ रन बनाए।

कर्णालीका हुसैन तलतले ३, पवन सराफ र मार्क वाटले २/२ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५३ रन बनायो। जसमा हुसैन तलतले ५१, अरिफूल स्लामले ३५ रनको योगदान गरे।

चितवनका कमलसिंह ऐरी, उसमा मिर, सलाउद्दिन खानले २/२ विकेट लिए। चितवन यसअघि नै प्लेअफमा सुरक्षित छ भने कर्णाली बाहिरिसकेको छ।

यसैगरी आज साँझ ५ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र पोखरा एभेन्जर्स आमने सामने हुनेछन्।

प्लेअफमा स्थान सुरक्षित गरिसकेको काठमाडौं अंक तालिकाको तेस्रो स्थानमा छ। पोखरा भने अंक तालिकाको पुछारमा छ।

प्रकाशित: Nov 15, 2026| 16:33 आइतबार, कात्तिक २९, २०८३