आइतबार, कात्तिक २९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • जनकपुर-अयोध्याबीच ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन हुने

जनकपुर-अयोध्याबीच ६०४ किलोमिटर लामो साप्ताहिक रेल सेवा सञ्चालन हुने

 |  आइतबार, कात्तिक २९, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २९, २०८३

काठमाडौं- भारतको भारतीय रेलवेले नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक रेल सेवा सञ्चालन गर्ने स्वीकृति दिएको छ। भारतको रेल मन्त्रालयले नयाँ रेल सेवा सञ्चालन गर्ने निर्णय गरेसँगै जनकपुरधाम र भगवान् रामको जन्मभूमि मानिने अयोध्याबीच प्रत्यक्ष रेल सम्पर्क स्थापित हुने भएको हो।

Machhapuchchhre

भारतको प्रेस इन्फर्मेसन ब्युरो (पीआईबी) दिल्लीले शनिबार सार्वजनिक गरेको सूचनाअनुसार करिब ६०४ किलोमिटर दूरीको यो रेल सेवा जनकपुरधामदेखि अयोध्या क्यान्टसम्म सञ्चालन हुनेछ। रेलले बिहार र उत्तर प्रदेशका विभिन्न प्रमुख सहर तथा स्थानलाई जोड्नेछ।

पीआईबीका अनुसार यो रेल सातामा एकपटक सञ्चालन हुनेछ। जनकपुरधामबाट प्रत्येक शनिबार र अयोध्या क्यान्टबाट सोमबार रेल छुट्नेछ। रेलले अन्तिम गन्तव्यबाहेक जयनगर, मधुबनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागन्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाममा व्यावसायिक रूपमा यात्रु चढाउने तथा ओराल्ने सुविधा दिनेछ।

नयाँ रेल सेवाले नेपाल र भारतबीचको धार्मिक पर्यटन तथा सीमापार आवागमनलाई सहज बनाउने अपेक्षा गरिएको छ। रामायण परम्परासँग जोडिएका माता सीताको जन्मभूमि मानिने जनकपुरधाम र भगवान् रामको जन्मभूमि अयोध्यालाई रेलमार्गबाट जोड्दा तीर्थयात्री तथा पर्यटकलाई प्रत्यक्ष लाभ पुग्नेछ।

यसले रामायण सर्किटअन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धन गर्नुका साथै शिक्षा, व्यापार र पारिवारिक भेटघाटका लागि सीमापार यात्रा गर्ने यात्रुलाई समेत सहजता प्रदान गर्नेछ। रेलमार्गले जोड्ने क्षेत्रका होटल, पर्यटन व्यवसाय, स्थानीय व्यापार तथा आतिथ्य क्षेत्रमा समेत आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

नेपाल र भारतबीच ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध रहँदै आएको छ। धार्मिक परम्परा र सीमावर्ती समुदायबीचको आवागमन दुई देशको सम्बन्धका महत्त्वपूर्ण आधार हुन्। नयाँ रेल सेवाले यी सम्बन्धलाई थप मजबुत बनाउनुका साथै दुई देशबीचको यातायात सम्पर्क र द्विपक्षीय सहकार्य विस्तारमा योगदान पु¥याउने भारतीय रेल मन्त्रालयले जनाएको छ।

प्रकाशित: Nov 15, 2026| 09:12 आइतबार, कात्तिक २९, २०८३