काठमाडौं- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ५५७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
आइतबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७२, सिसिटिभिमार्फत २७, रातोबत्तीमा ५३ जना चालकलाई कारबाही गरिएको छ।
यसैगरी, तीव्रगतिमा १६६, हर्न निषेधमा १२, अवस्था ठिक नभएको १२ जना एकतर्फि २ जना र अन्यमा २१४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।