काठमाडौं- हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ।
दिउँसोः देशको हिमाली भूभाग तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ, बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ।
कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको केहि स्थानमा तथा गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघ गर्जन चट्याङ, असिना सहित मध्यम सम्मको वर्षारहिमपातको सम्भावना छ। कोशी, बागमती, र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।
आज राति देशको हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बादल लाग्नेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ। देशका हिमाली भूभाग तथा कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।