शनिबार, कात्तिक २८, २०८३

एनपीएल : विराटनगरद्वारा लुम्बिनीलाई १६७ रनको लक्ष्य

 |  शनिबार, कात्तिक २८, २०८३

नेपाल समय

नेपाल समय

शनिबार, कात्तिक २८, २०८३

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको खेलमा विराटनगर किंग्सले लुम्बिनी लायन्सलाई १६७ रनको लक्ष्य दिएको छ।

Machhapuchchhre

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रन बनायो।

जसमा चरिथ असलङ्काले अर्धशतकीय पारी खेल्दै ६४ रन बनाए। यस्तै शुभम रञ्जनेले ३१ ,इमरान शेखले २४ रन हिर्काए। लुम्बिनीका किशोर महतोले २,रूबेल ट्रम्पलमेन र अभिषेश गौतमले १/१ विकेट लिए। दुबै टोलीको यो लिग चरणको अन्तिम खेल हो। 

प्लेअफ स्थान सुरक्षित गरेको लुम्बिनीमाथि त्यति दबाब छैन। जितले लुम्बिनी ११ अंकका साथ शीर्ष स्थानमा पुग्नेछ। विराटनगरसँगको हारले लुम्बिनी नौ अंकसहित दोस्रो स्थानमै रहनेछ। 

विराटनगर भने अंकतालिकामा लुम्बिनीभन्दा कमजोर स्थितिमा छ। उसको ६ अंक छ। विराटनगरले प्लेअफ स्थानको आशा जीवितै बनाउन लुम्बिनीलाई हराउनुपर्ने दबाब छ। अन्यथा विराटनगर बाहिरिने छ।

प्रकाशित: Nov 14, 2026| 19:24 शनिबार, कात्तिक २८, २०८३