शुक्रबार, कात्तिक २७, २०८३

एनपीएल : चितवनको तेस्रो जित, जनकपुर र कर्णाली बाहिरिए

 |  शुक्रबार, कात्तिक २७, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा चितवन राइनोज विजयी भएको छ। तेस्रो जित निकाल्ने क्रममा चितवनले जनकपुर बोल्ट्सलाई ४ विकेटले हरायो । 

Machhapuchchhre

चितवनको यो जितले प्लेअफको सम्भावना बलियो बनाएको छ। एक खेल खेल्न बाँकी चितवनको ७ अंक पुगेको छ। चितवनको जितले जनकपुरका साथै कर्णाली याक्स पनि बाहिरिएको छ। जनकपुरले सात खेलमध्ये २ खेल मात्रै जित्यो। कर्णालीको पनि अन्तिम खेल बाँकी रहँदा चार अंक मात्रै रहेकाले एक खेल अगावै बाहिरियो।

सुदूरपश्चिम र लुम्बिनी प्लेअफमा सुरक्षित रहँदा अब काठमाडौं,चितवन र विराटनगरमध्ये २ टोली अन्तिम ४ मा पुग्नेछन् ।

आज जनकपुरले दिएको ८९ रनको लक्ष्य चितवनले  १७।२ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायो । जसमा डेविड मलानले ३५ , कुशल मल्लले १५ रन हिर्काए।

जनकपुरका राहुल यादवले ३, ललित राजवंशीले २ विकेट झारे। 

यसअघि कीर्तिपुर मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले ९ विकेटको क्षतिमा ८८ रन बनायो।

जसमा कप्तान हर्मित सिंहले सर्वाधिक २५ रन बनाए। चितवनका रञ्जित कुमारले ३,सिकन्दर राजा र कमिल मिसराले २/२ विकेट लिए।

प्रकाशित: Nov 13, 2026| 20:44 शुक्रबार, कात्तिक २७, २०८३