शुक्रबार, कात्तिक २७, २०८३

सुदूरपश्चिम प्लेअफमा सुरक्षित, शिर्ष स्थानमा उक्लियो

 |  शुक्रबार, कात्तिक २७, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २७, २०८३

काठमाडौं। सुदूरपश्चिम रोयल्स राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको प्लेअफमा सुरक्षित भएको छ। 

Machhapuchchhre

आज सम्पन्न खेलमा काठमाडौं गोर्खाजलाई पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा सुरक्षित भएको हो। प्लेअफसँगै सुदूरपश्चिम पाचौंजितसहित शिर्ष स्थानमा उक्लिएको छ। काठमाडौंको भने आठ अंक रहेको छ। उसको एक खेल बाँकी रहेकोले प्लेअफ सम्भावना बाँकी नै छ। 

सुदूरपश्चिमले दिएको १२६ रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ११८ रन बनायो। जसमा रासिद खानले ३५ ,दुसान हेमान्थाले २१ रन जोडे। 

सुदूरपश्चिमका अनिल खरेलले २ विकेट लिए। यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १२५ रन बनायो। 

जसमा कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतकीय पारी खेल्दै ६० र आरिफ शेखले २१ रनको योगदान गरे। यस्तै थरिन्दु रत्नायकेले २६ रन बनाए।

८ रन जोड्दा ४ विकेट गुमाएर धर्मराएको सुदूरपश्चिमको पारीलाई ऐरी र शेखले सम्हालेका थिए। यी दुबै ब्याटरबीच ५४ रनको साझेदारी भयो। 

काठमाडौंका जहानदाद खानले ३,सन्तोस यादवले २ विकेट लिए।आजै साँझ ५ बजे हुने दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्।

प्रकाशित: Nov 13, 2026| 16:21 शुक्रबार, कात्तिक २७, २०८३