बिहीबार, कात्तिक २६, २०८३

एनपीएल : विराटनगरको तेस्रो जित,पोखरा आउट

 |  बिहीबार, कात्तिक २६, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २६, २०८३

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको पहिलो खेलमा विराटनगर किङ्ग्स विजयी भएको छ। विराटनगरले पोखरा एभेन्जर्सलाई ४ विकेटले हरायो। 

Machhapuchchhre

विराटनगरको यो तेस्रो जित हो। तेस्रो जितले विराटनगरले प्लेअफको सम्भावनालाई जीवित राखेको छ। पाचौं खेल हारेको पोखरा भने प्रतियोगिताबाट बाहिरिएको छ। 

जितका लागि पाएको १३३ रनको लक्ष्य विराटनगरले १९.२ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो।

जसमा बसिर अहमदले ३७ र लोकेश बमले ३३ रनको योगदान गरे। पोखराका कुशल भुर्तेल र रमेश मेन्डिसले २/२ विकेट लिए।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पोखरा १७.५ ओभरमा १३२ रनमा समेटियो। जसमा युवराज सामराले सर्वाधिक ८४ रन बनायो। विराटनगरका कप्तान सन्दीप लामिछानेले ह्याट्रिकसहित ६ विकेट लिए।

प्रकाशित: Nov 12, 2026| 16:18 बिहीबार, कात्तिक २६, २०८३