बिहीबार, कात्तिक २६, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौंबाट सर्लाही जाँदै गरेकाे ईभी भीमफेदीमा दुर्घटना, १० जनाकाे मृत्यु

काठमाडौंबाट सर्लाही जाँदै गरेकाे ईभी भीमफेदीमा दुर्घटना, १० जनाकाे मृत्यु

 |  बिहीबार, कात्तिक २६, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २६, २०८३

Machhapuchchhre

काठमाडौं- मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा इभी गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

बिहान करिब ६:१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको इभी गाडी सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडीमा सवार १५ मध्ये १० जनाको मृत्यु भएको र पाँच जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ।

घटनास्थलमा सशस्त्र प्रहरी बल, सुरक्षा बेस भीमफेदीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा उद्धार कार्यका लागि खटिएको छ भने नेपाली सेना र नेपाल प्रहरी सहितको संयुक्त टोलिले उद्धार जारी राखेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रकाशित: Nov 12, 2026| 09:06 बिहीबार, कात्तिक २६, २०८३