बिहीबार, कात्तिक २६, २०८३

एनपीएलमा आज विराटनगरले पोखरा र कर्णालीले लुम्बिनीसँग भिड्दै

 |  बिहीबार, कात्तिक २६, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २६, २०८३

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आज दुई खेल हुँदैछन्।

Machhapuchchhre

आजको पहिलो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

जारी प्रतियोगितामा पाँच खेल खेलेको विराटनगर ४ अंकसहित तालिकाको छैटौँ स्थानमा छ। समान पाँच खेल खेलेको पोखरा २ अंकसहित तालिकाको अन्तिम स्थानमा रहेको छ।

त्यस्तै, आजै हुने दोस्रो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्स आमनेसामने हुनेछन्। यी दुई टोलीबीचको खेल अपराह्न ५ बजे सुरु हुनेछ।

पाँच खेलबाट ४ अंक जोडेको कर्णाली तालिकाको सातौँ स्थानमा छ भने ७ अंकसहित लुम्बिनी तेस्रो स्थानमा रहेको छ।

प्लेअफको सम्भावना कायम राख्न कर्णालीलाई आजको खेल जित्नैपर्ने दबाब छ। त्यसैले लुम्बिनीविरुद्धको खेल कर्णालीका लागि महत्त्वपूर्ण हुनेछ।

प्रकाशित: Nov 12, 2026| 08:10 बिहीबार, कात्तिक २६, २०८३