बिहीबार, कात्तिक २६, २०८३

कोशी र बागमती प्रदेशको पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना

 |  बिहीबार, कात्तिक २६, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २६, २०८३

Machhapuchchhre

काठमाडौं- हाल नेपालमा माथिल्लो वायूमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार बिहीबार दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने तथा तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। कोशी र बागमती प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

यस्तै राति भने देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्नेछ।

प्रकाशित: Nov 12, 2026| 07:44 बिहीबार, कात्तिक २६, २०८३