बुधबार, कात्तिक २५, २०८३

राष्ट्रपति पौडेलले लगाए भाइटीका

 |  बुधबार, कात्तिक २५, २०८३

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २५, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनी शारदा पण्डितबाट भाइटीका लगाएका छन्।

Machhapuchchhre

राष्ट्रपति भवन शीतल निवासमा आज बिहान ११ बजेर ७ मिनेटको शुभसाइतमा उनले विधिपूर्वक टीका लगाएका हुन्।

टीकापछि बहिनी शारदाले राष्ट्रपतिलाई ओखर, बदामलगायतका फलफूल र उपहार प्रदान गरेकी थिइन्। राष्ट्रपतिले पनि बहिनीलाई टीका लगाएर उपहार तथा दक्षिणा दिएका छन्।

नेपाल पञ्चाङ्ग विकास निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेट निर्धारण गरेको थियो।

प्रकाशित: Nov 11, 2026| 14:07 बुधबार, कात्तिक २५, २०८३