काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा काठमाण्डौ गोर्खाजले चितवन राइनोजलाई १० रनले हराएको छ।
पाँच खेलबाट चौथोजितका साथ ८ अंक जोडेको काठमाडौं प्लेअफ नजिक पुगेको छ। चितवनको भने पाँच अंकका साथ चौथो स्थानमा कायम छ।
जितका लागि पाएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन मात्रै बनाउन सक्यो। उसका रवि वोपराले अर्धशतक हिर्काउदै ५५ रन जोडे पनि जितका लागि पर्याप्त हुन सकेन ।
काठमाडौंका सहान अरचन्चिकाले २ विकेट हात पारे।
यसअघि कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनायो।
जसमा राशिद खानले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए।
चितवनका रिजन ढकालले ३,सिकन्दर राजा र कमलसिंह ऐरीले २र२ विकेट हात पारे।
आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हरायो ।