सोमबार, कात्तिक २३, २०८३

एनपीएल : काठमाडौंद्वारा चितवनलाई १८१ रनको लक्ष्य

 |  सोमबार, कात्तिक २३, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २३, २०८३

काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा काठमाण्डौ गोर्खाजले चितवन राइनोजलाई १८१  रनको लक्ष्य दिएको छ। 

Machhapuchchhre

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा ८ विकेटको क्षतिमा १८० रन बनायो। 

जसमा राशिद खानले अर्धशतकीय पारी खेल्दै ५२ रन बनाए। चितवनका रिजन ढकालले ३, सिकन्दर राजा र कमलसिंह ऐरीले २/२ विकेट हात पारे। 

चितवन चार खेलबाट ५ अंकसहित चौथो स्थानमा छ। काठमाडौं भने चार खेलबाट ३ जितका साथ दोस्रो स्थानमा छ। प्लेअफ स्थानमा पुग्ने सम्भावना जीवितै राख्न दुबै टोलीको लागि आजको खेल महत्त्वपूर्ण छ।

आजै भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले कर्णाली याक्सलाई ६३ रनले हरायो।

प्रकाशित: Nov 09, 2026| 19:21 सोमबार, कात्तिक २३, २०८३