सोमबार, कात्तिक २३, २०८३

घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

 |  सोमबार, कात्तिक २३, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २३, २०८३

काठमाडौं- चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ।

Machhapuchchhre

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान करिब ५ बजे सडक माथिबाट सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्गको उक्त सडकखण्डमा दुईतर्फी यातायात अवरुद्ध भएको हो।

पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएपछि अहिले पहिरो हटाउने कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरो हटाएर सडक खुलाउन समय लाग्ने भएकाले बिहान १० बजेपछि मात्र यातायात सञ्चालन हुन सक्ने सम्भावना छ।

प्रकाशित: Nov 09, 2026| 09:15 सोमबार, कात्तिक २३, २०८३