सोमबार, कात्तिक २३, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा तथा हिमपातको सम्भावना

 |  सोमबार, कात्तिक २३, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक २३, २०८३

काठमाडौं- हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ।

Machhapuchchhre

सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशको हिमाली भूभागमा साधारणतया बादल लागेको छ, देशका बाँकि हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ। देशका तराइ भूभागमा मौसम मुख्यतया सफा रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागका एकरदुई स्थानमा हल्का वर्षा भैरहेको छ।

आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभाग तथा कोशी, बागमती र लुम्बिनी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। 

कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ। 

आज राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी भूभागमा मौसम मूख्यतया सफा रहनेछ। तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सुरकुहिरो लाग्नेछ। गण्डकी प्रदेशको हिमाली भूभागका एकरदुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना छ।

प्रकाशित: Nov 09, 2026| 06:43 सोमबार, कात्तिक २३, २०८३