आइतबार, कात्तिक २२, २०८३

यू-१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई

 |  आइतबार, कात्तिक २२, २०८३

नेपाल समय

नेपाल समय

आइतबार, कात्तिक २२, २०८३

काठमाडौं। नेपाली यू–१९ महिला क्रिकेट टोलीले चीनमा सम्पन्न बेल्ट एन्ड रोड सिरिजको उपाधि जितेको छ। हङकङसँगको आइतबारको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि नेपालले अपराजित रहँदै प्रतियोगिताको उपाधि उचालेको हो।

Machhapuchchhre

४ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपालले खेलेका ६ मध्ये ४ खेलमा जित हासिल गर्‍यो। बाँकी २ खेल वर्षाका कारण रद्द भएका थिए। 

नेपालले सिरिजको पहिलो खेलमै थाइल्याण्डलाई ७ विकेटले हराउँदै सुखद् सुरुआत गरेको थियो। त्यसपछि चीनसँगको दोस्रो खेल वर्षाले प्रभावित भएपछि नतिजाविहीन बनेको थियो। तेस्रो खेलमा हङकङलाई ९२ रनको फराकिलो अन्तरले पराजित गरेको नेपालले चौथो खेलमा पुनः थाइल्याण्डमाथि ५२ रनको जित निकालेको थियो।

पाँचौँ खेलमा आयोजक चीनलाई ८४ रनले हराउँदै उपाधि यात्रालाई थप बलियो बनाएको नेपालले अन्तिम खेलमा हङकङसँग प्रतिस्पर्धा गरेको थियो। उक्त खेलमा पहिले ब्याटिङ गरेको नेपालले वर्षाले खेल रोकिनुअघि ११ ओभरमा २ विकेटको क्षतिमा ८८ रन बनाएको थियो। त्यसपछि मौसम प्रतिकूल बनेपछि खेल पुनः सञ्चालन हुन सकेन।

प्रतियोगितामा नेपाल, आयोजक चीन, हङकङ र थाइल्याण्ड गरी ४ टोली सहभागी थिए।

प्रकाशित: Nov 08, 2026| 17:25 आइतबार, कात्तिक २२, २०८३