धनगढी । सिर्जनशील गडसेरी समाज, धनगढीको आयोजनामा सम्पन्न सातौँ बृहत् रक्तदान कार्यक्रममा ३० जनाले बढीले रक्तदान गरेका छन्।
निसर्ग अस्पताल, धनगढीको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी, कैलाली शाखाको प्राविधिक सहयोगमा शनिबार सम्पन्न उक्त कार्यक्रममा ३० जना रक्तदाताले रक्तदान गरेका हुन्।
सिर्जनशील गडसेरी समाजका सुभाष शंकल्प भण्डारीका अनुसार संस्थाले स्थापना भएदेखि नै प्रत्येक वर्ष धनगढीमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष सम्पन्न कार्यक्रम यसको सातौँ संस्करण हो।
पछिल्लो समय रगतको अभाव भइरहेको सन्दर्भमा यस्ता रक्तदान कार्यक्रमले रगतको आपूर्ति सहज बनाउन महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। रक्तदानमार्फत संकलित रगतले आवश्यकतामा रहेका बिरामीहरूलाई सहयोग पुग्ने अपेक्षा गरिएको छ।
समाजले रक्तदानका अतिरिक्त विभिन्न सामाजिक तथा साहित्यिक गतिविधिहरू पनि सञ्चालन गर्दै आएको छ।
पुर्ख्यौली थलो डोटी जिल्लाको गडसेरा भई हाल विभिन्न स्थानमा स्थायी वा अस्थायी रूपमा बसोबास गर्दै आएका गडसेरीहरूबीच भ्रातृत्व, एकता र आपसी परिचय स्थापित गर्ने उद्देश्यले समाजको स्थापना गरिएको हो। साथै, गडसेराको विकास र समृद्धिका लागि सबैलाई एकताबद्ध भएर अघि बढाउने लक्ष्यसमेत संस्थाले लिएको छ।