शुक्रबार, कात्तिक २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

५ हजार ३९० मिटर उचाइको न्यानला पास : हिमपातसँगै माथिल्लो डोल्पाको जनजीवन जोखिममा

 |  शुक्रबार, कात्तिक २०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २०, २०८३

Machhapuchchhre

सुर्खेत। माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाभित्र पर्ने विजेर र सालडाङ गाउँबीचको न्यानला पास समुद्री सतहदेखि ५ हजार ३९० मिटरको उचाइमा छ। 

हिमालको बीचमा रहेको यो पास सालडाङ पुग्ने र त्यहाँबाट विजेर फर्कने स्थानीयवासीका लागि अनिवार्य आवागमन मार्ग हो। शे–फोक्सुण्डो गाउँपालिकाको प्रशासकीय केन्द्र सालडाङ आउजाउ गर्न यही उच्च हिमाली बाटो पार गर्नुपर्ने वडा नम्वर ८ का वडाध्यक्ष निमा लामाले बताए। 

हिमपात भएपछि न्यानला पास हिउँले ढाकिन्छ। त्यसपछि स्थानीयवासीको आवागमन सहज रहँदैन। सामान्य सडक तथा वैकल्पिक यातायातको पहुँच नभएको माथिल्लो डोल्पामा यस्ता हिमाली पास नै गाउँहरू जोड्ने मुख्य माध्यम हुन्। तर, मौसम प्रतिकूल हुँदा यही बाटो जीवनयापनका लागि चुनौती बन्ने गरेको गाउँपालिका अध्यष धावा सन्दुक गुरुङले बताए।

प्रकाशित: Nov 06, 2026| 15:44 शुक्रबार, कात्तिक २०, २०८३