शुक्रबार, कात्तिक २०, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

 |  शुक्रबार, कात्तिक २०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २०, २०८३

काठमाडौं- काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुवाहक बसभित्र महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गर्ने तीन जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। 

Machhapuchchhre

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार गत कात्तिक १७ गते काठमाडौंबाट छुटेको सु.प.प्र. ०२–००१ ख १५६३ नम्बरको रात्रि बसमा यात्रा गरिरहेकी महिलामाथि ती युवकहरूले हातपात तथा अभद्र व्यवहार गरेका थिए। घटनापछि पीडितको सूचना तथा उजुरीका आधारमा प्रहरीले खोजी गरी उनीहरूलाई कात्तिक १९ गते नियन्त्रणमा लिएको हो। 

पक्राउ पर्नेहरूमा कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नं. ९, मटैना बस्ने २१ वर्षीय शमिर बिष्ट, सोही ठाउँका २४ वर्षीय अनिल नाथ र भीमदत्त नगरपालिका वडा नं. ३, तिलकेनी बस्ने २१ वर्षीय जिवन बम रहेका छन्। 

पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डिएसपी) टेकबहादुर रावतले जानकारी दिएका छन्।

प्रकाशित: Nov 06, 2026| 07:58 शुक्रबार, कात्तिक २०, २०८३