शुक्रबार, कात्तिक २०, २०८३

यी चार प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना

 |  शुक्रबार, कात्तिक २०, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, कात्तिक २०, २०८३

काठमाडौं- हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले आज दिउँसो देशको हिमाली र पहाडी भू–भागमा आंशिक बादल लाग्ने र बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। 

Machhapuchchhre

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। 

यस्तै, राती कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्ने तथा बाँकी पहाडी र तराई भू–भागमा मौसम मूख्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशको हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ। तराई भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु/कुहिरो लाग्ने महाशाखाले जनाएको छ।

प्रकाशित: Nov 06, 2026| 06:56 शुक्रबार, कात्तिक २०, २०८३