बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • नामिबियालाई पछि पार्दै ओमान क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

नामिबियालाई पछि पार्दै ओमान क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

 |  बिहीबार, कात्तिक १९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १९, २०८३

काठमाडौं- युएईसँग आइसीसी क्रिकेट विश्वकप लिग -२ को अन्तिम खेलमा ४२ रनले पराजित भए पनि ओमान सन् २०२७ को पुरुष क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायर प्रतियोगितामा पुगेको छ।

Machhapuchchhre

राम्रो नेट रनरेटका आधारमा ओमानले नामिबियालाई पछि पार्दै ग्लोबल क्वालिफायरमा स्थान सुरक्षित गरेको हो।

विश्वकप लिग–२ का पछिल्ला सात खेल लगातार गुमाएको ओमान र नामिबियाले समान ३३ अंक जोड्दै प्रतियोगिता टुंग्याएका थिए। तर नेट रनरेट राम्रो भएका कारण ओमानले सिधै विश्वकप छनोटको ग्लोबल क्वालिफायर खेल्ने अवसर पाएको छ। यससँगै दक्षिण अफ्रिका र जिम्बाब्वेसँगै विश्वकपको सहआयोजक रहेको नामिबियाले छनोट प्लेअफ खेल्नुपर्ने भएको छ।

ओमानसँगै अमेरिका, स्कटल्यान्ड र नेदरल्यान्ड्स विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा सिधै पुगेका छन्। नामिबियासहित क्यानडा, नेपाल र युएईले आठ टोली सहभागी हुने छनोट प्लेअफ खेल्नुपर्नेछ। नेपालमा आयोजना हुने उक्त प्लेअफबाट चार टोलीले १० टोली सहभागी हुने विश्वव्यापी छनोटको ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्।

प्रकाशित: Nov 05, 2026| 09:16 बिहीबार, कात्तिक १९, २०८३