बिहीबार, कात्तिक १९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते

बैतडीमा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु, चालकसहित ६ जना घाइते

 |  बिहीबार, कात्तिक १९, २०८३

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक १९, २०८३

बैतडी- बैतडीको मेलौली नगरपालिका–१ स्थित सौडानी खोलामा जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने चालकसहित ६ जना घाइते भएका छन्।

Machhapuchchhre

गए राति करिब ८ बजे डडेल्धुराबाट पञ्चेश्वरतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ज १६३८ नम्बरको जिप अनियन्त्रित भई सडकबाट करिब ३० देखि ३५ मिटर तल खसेको थियो।

दुर्घटनामा सात जना सवार रहेकामा घाइतेहरूलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र मेलौली लगिएको थियो। उपचारका क्रममा राति ८: ३५ बजे पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीया सुना मंगोलाको मृत्यु भएको हो।

दुर्घटनामा सोही ठाउँकी २२ वर्षीया सोमनी मंगोला, ११ वर्षीय अविनास राम लुहार, १६ वर्षीय निरज बस्केल, २४ वर्षीय करन सिंह मंगोला, २२ वर्षीय सुनिल बस्केल र जिप चालक ३६ वर्षीय सन्तोष राम लुहार घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था मध्यम र तीन जनाको अवस्था सामान्य रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 05, 2026| 07:44 बिहीबार, कात्तिक १९, २०८३