रौतहट- रौतहटको गौर नगरपालिका–४ गढवा टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन्।
गएराति करिब सवा ९ बजे पानी ट्यांकी नजिक सोही स्थानका अन्दाजी २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो।
पेस्तोलबाट प्रहार गरिएका गोलीका छर्रा लागेर यादवको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको ढाडमा तीन, दाहिने पाखुरामा एक तथा दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको प्रहरीले जनाएको छ।
घाइते यादवलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको र उनको अवस्था गम्भीर रहेको छ।
घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेका छन्। घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान गरिरहेको जनाएको छ।