मंगलबार, कात्तिक १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • सोलुखुम्बु हेलिकप्टर दुर्घटना: दुवै पाइलट सुरक्षित, मृत्यु हुने भारतीय नागरिक

सोलुखुम्बु हेलिकप्टर दुर्घटना: दुवै पाइलट सुरक्षित, मृत्यु हुने भारतीय नागरिक

 |  मंगलबार, कात्तिक १७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १७, २०८३

काठमाडौं- सोलुखुम्बुको फेरिचे हेलिप्याडमा दुर्घटना भएका दुवै हेलिकप्टरका पाइलट सुरक्षित रहेका छन्। 

मंगलबार, बिहान सोलुखुम्बुको सगरमाथा बेसक्याप्स नजिकै फेरिचे हेलिप्याडमा अवतरणकाक्रममा एयर डाइनेस्टीको हेलिकप्टर र फिष्टेल एयरको हेलिकप्टर एकापसमा ठोक्किएर दुर्घटना भएका थिए।

प्रहरीका अनुसार दुवै पाइलट सुरक्षित रहेका छन्। एयर डाइनेस्टीको ९ एन- एओडी कलसाइन भएको हेलिकप्टर क्याप्टेन प्रज्वल केसी र फिष्टेल एयरको ९एन- एजेआर कलसाइन भएको हेलिकप्टर क्याप्टेन रविन प्रजापति सकुशल रहेका छन्। फिष्टेलका पाइलट प्रजापतिको खुट्टामा चोट लागेको बताइएको छ। 

दुर्घटनामा फिस्टेल एयरमा सवार दुई विदेशी नागरिकमध्ये भारतीय नागरिकको मृत्यु भएको छ भने न्यूजिल्याण्डका नागरिक घाइते भएको प्रहरीले बताएको छ। घाइतेको थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

प्रकाशित: Nov 03, 2026| 11:15 मंगलबार, कात्तिक १७, २०८३