मंगलबार, कात्तिक १७, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

पृथ्वी राजमार्गको मझिमटारमा आज दुई घण्टा सवारी आवागमन बन्द हुने

 |  मंगलबार, कात्तिक १७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १७, २०८३

काठमाडौं- पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ स्थित मझिमटारमा मंगलबार बिहान दुई घण्टा सवारी आवागमन बन्द हुने भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै आकाशे पुल निर्माण तथा सडक स्तरोन्नतिको काम सम्पन्न नभएकाले कात्तिक १७ गते बिहान ९ बजेदेखि ११ बजेसम्म उक्त सडकखण्डमा सबै प्रकारका सवारी साधनको आवागमन पूर्ण रूपमा बन्द गरिने जनाएको छ।

यसअघि सोमबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी आवागमन बन्द गरेर निर्माण कार्य गर्ने योजना रहे पनि काम सम्पन्न हुन नसकेपछि पुनः आवागमन बन्द गर्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालयले उक्त अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न तथा सवारी चालक र सडक प्रयोगकर्तालाई प्रचलित ट्राफिक नियम र सडक अनुशासन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको छ।

प्रकाशित: Nov 03, 2026| 08:52 मंगलबार, कात्तिक १७, २०८३