मंगलबार, कात्तिक १७, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अस्ट्रेलियाका म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

अस्ट्रेलियाका म्याक्सवेलले लिए अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास

 |  मंगलबार, कात्तिक १७, २०८३

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक १७, २०८३

काठमाडौं- अस्ट्रेलियाका अलराउन्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। 

३८ वर्षीय म्याक्सवेलले प्रथम श्रेणी र लिस्ट ए क्रिकेटबाट समेत बिदा लिने घोषणा गरेका छन्। तर उनी घरेलु टी–२० प्रतियोगिता बिग बास लिगमा मेलबर्न स्टार्सबाट खेल्ने बताएका छन्। उनको सम्झौता सन् २०२७–२८ सिजनसम्म थपिएको छ।

म्याक्सवेलले यसअघि नै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका थिए। उनले सन् २०२६ को टी–२० विश्वकपमा अस्ट्रेलियाबाट खेलेका थिए। गत फेब्रुअरीमा ओमानविरुद्धको खेल उनको अस्ट्रेलियाका लागि अन्तिम अन्तर्राष्ट्रिय खेल बनेको छ।

दुई पटक एकदिवसीय विश्वकप जितेका म्याक्सवेल सन् २०२१ मा अस्ट्रेलियाले टी–२० विश्वकप जित्दा पनि टोलीका महत्वपूर्ण सदस्य थिए। उनले अस्ट्रेलियाका लागि १३० टी–२० अन्तर्राष्ट्रिय खेलमा २ हजार ८९७ रन बनाउनुका साथै ५१ विकेट लिएका छन्। उनको स्ट्राइक रेट १५४.४२ रहेको छ।

टी–२० अन्तर्राष्ट्रियमा म्याक्सवेलले पाँच शतक बनाएका छन्। यो रोहित शर्मासँगै संयुक्त विश्व कीर्तिमान हो। उनले अस्ट्रेलियाका लागि सात टेस्ट खेलेर ३३९ रन बनाएका थिए। उनको उच्चतम स्कोर भारतविरुद्ध राँचीमा बनाएको १०४ रन हो।

प्रकाशित: Nov 03, 2026| 10:31 मंगलबार, कात्तिक १७, २०८३