काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको आजको पहिलो खेलमा काठमाडौँ गोर्खाजले टस जितेको छ।
टियु क्रिकेट मैदानमा साढे १२ बजेदेखि हुने यस खेलमा काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेपछि कर्णाली याक्सले पहिला ब्याटिंग गर्ने भएको छ।
कर्णाली याक्सले प्रतियोगितामा शुरुका दुवै खेल जितेर शानदार शुरुवात गरेको छ। कर्णालीले जनकपुर बोल्ट्स र विराटनगर किंग्सलाई पराजित गरेको थियो। त्यस्तै काठमाडौँ गोर्खाजले आफ्नो पहिलो खेलमा हार बेहोरेको थियो। काठमाडौँ पहिलो खेलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो।