सोमबार, कात्तिक १६, २०८३

डोल्पामा हिमपातमा फसेका ६ भारतीय पर्यटकको सकुशल उद्धार

 |  सोमबार, कात्तिक १६, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, कात्तिक १६, २०८३

काठमाडौं- भारी हिमपातका कारण डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–८ स्थित दानिगढमा फसेका ६ जना भारतीय पर्यटकको सोमबार बिहान हेलिकोप्टरबाट उद्धार गरिएको छ।

सोमबार बिहान ६: ३० बजे उडेको हेलिकोप्टरले उनीहरूलाई उद्धार गरी सदरमुकाम दुनै ल्याएको हो। उद्धार गरिएका पर्यटकमा मौमिता हल्दर, पियाली कोले, जाजला त्रिवेद कुमार, आदित्य सिंह, दिपलिना विश्वास र राजेश दे रहेका छन्।

डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालका अनुसार उद्धार गरिएका सबै ६ जना पर्यटकको अवस्था सामान्य रहेको छ।

प्रकाशित: Nov 02, 2026| 10:17 सोमबार, कात्तिक १६, २०८३